Nepali/नेपाली

महत्त्वपूर्ण अपडेट: हालै, शरणार्थी पुनर्बास र राहदानी प्रतिबन्धलाई संयुक्त राज्य अमेरिकाको अदालतद्वारा खारेज गरिएको छ। अर्थात, ऐलेका लागि शरणार्थीहरुलाई पुनर्बाश गर्न दिइने छ र  प्रतिबन्दित सात देशहरू (इरान, इराक, सुडान, सिरिया, लिबिया, सोमालिया र येमेन) का व्यक्तिहरू यात्रा गर्न सक्नुका  साथै संयुक्त राज्य अमेरिका आउन-जान सक्ने छन्। तथापि, अवस्था फेरि चाँडै परिवर्तन हुन सक्ने सम्भावना भएकाले उक्त देशहरुका व्यक्तिहरूलाई यस समयमा अत्ति जरुरी वा आपतकालीन नभएसम्म यात्रा नगर्ने सुझाव दिन चहान्छौ । यदि तपाई वा तपाईलाई थहा भएका कोही व्यक्तिहरु यात्रा गर्दै हुनुहुन्छ र संयुक्त राज्य अमेरिकामा छिर्न प्रतिबन्द लगाएमा, airport@refugeerights.org वा आफ्नो स्थानीय ACLU लाई सम्पर्क गर्नुहोला। हामीलाई थहा छ कि यो अति कठीन तथा अनिश्चितताको समय हो । थप कानूनिक उपडेट पाऊनसाथ हामी शरणार्थीहरुले बोल्ने विभिन्न भाषामा जानकारीहरु पोस्ट गर्ने  प्रयास गर्नेछौ।

अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय चुनावले धेरैलाई निराशत बनायो नै, त्यसमा पनि कार्यकारी आदेश (Executive Order) ले धेरैको मनमा त्रास उत्पन्न भएको हामीले महसूस गरेका छौ। त्यसमा पनि अमेरिकामा पुनर्वाश गरेका शरणार्थी र पुनर्वाश सँस्थाहरुमा यसले निकै महत्वपूर्ण परिवर्तन ल्याएको छ।

कार्यकारी आदेश वा निर्देशन राष्ट्रपति द्वारा गरिने त्यस्तो आदेश हो जसलाई अमेरिकामा कानुन सरह पालना गरिन्छ। शरणार्थीलाई पुनर्बास गराउने प्रक्रिया पूरै राष्ट्रपतिको नियन्त्रणमा हुने भएकोले पुनर्वास क्रमलाई रोक्ने अथवा निरन्तरता दिने जस्ता कुरामा राष्ट्रपतिले चाहे अनुसारको परिवर्तन गर्न मिल्ने प्रावधान छ। तथापि, यी उल्लेखित कुनै पनि बिषयमा परिवर्तन गराउन जारी गरेको आदेश अमेरिकाको संबिधान बिपरित भने हुनु हुँदैन।

शरणार्थीहरुका लागि कार्यकारी आदेश भनेको के हो त?

१.  आदेश अनुसार,  शरणार्थी पुनर्वास प्रक्रियालाई १२० दिन अर्थात ४ महिना सम्मको लागि स्थगित गरिने छ। जसका कारण शरणार्थीको अमेरिका प्रवेश, पुनर्वास सम्बन्धी कुनै पनि काम, अमेरिका प्रवेशका लागि बाहिर देशमा गरिने कुनै पनि अन्तर्बार्ता लगायत अनुसन्धानका कार्यहरुमा लामो समय लाग्ने सम्भावना देखिन्छ।

२. सिरियाबाट शरणार्थी पुनर्वाशको क्रमलाई हालका लागि स्थगित गरिएको छ।  फेरि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि स्थगित गरिएको सिरियालीहरुको पुनर्वास अनिश्चितकालको लागि रोकिएको छ |

३. सिरिया,लिबिया, सोमालिया, यमन, इरान, इराक र सुडान जस्ता देशहरु बाट शरणार्थी मात्र नभई कुनै पनि ब्यक्तिलाई अमेरिका प्रवेशमा  ९० दिन सम्मको लागि रोक लगाइएको छ |

४. सन् २०१७ मा अमेरिकामा कुल ५०,००० शरणार्थीलाई पुनर्वाश गराइने भनिएको छ। त्यसमा अझै थप २५००० लाई प्रवेश दिइने भनिएको छ। तर कस्ताको, कुन दिन पुनर्वाश हुन्छ भन्ने स्पष्ट उल्लेख छैन।

कार्यकारी आदेश (Executive Order) ले शरणार्थीलाई कस्तो प्रभाब वा असर पर्ला?

१. यदि तपाइ कानुनी प्रक्रियाबाट अमेरिकामा पुनर्वाश हुनु भएको हो भने यसले तपाइलाई कुनै पनि असर गर्दैंन | तपाइले अमेरिका आएको एक वर्ष पछि निर्धक्क भएर ग्रीनकार्डको प्रक्रिया सुरुगर्न सक्नु हुनेछ ।

२. तपाइको परिवारका सदस्यहरु पनि पुनर्वाशका लागि तयारीमा हुनुहुन्छ भने वहाँहरुको आगमनको समय लम्बिन सक्ने छ | यदि तपाइका आफन्तहरु पुनर्वाशमा रोक लगाइएका देशका हुनुहुन्छ भने वहाँहरुको आगमन अनिश्चित हुनेछ |

तपाइलाई कानुनी सहयोग चाहिन्छ भने

तपाइलाई कार्यकारी आदेशका कारण आफन्तहरुको पुनर्वाश सम्बन्धी कुनै पनि विषयमा केहि जिग्ज्ञासाहरु छ्न् भने  International Refugee Assistance Project ,IRAP मा सम्पर्कगर्न सक्नु हुनेछ| IRAP  ले तपाइलाई सल्लाह सुझाव र जानकारीहरु दिन सक्ने छ । तर तपाइका आफन्तलाई अमेरिका ल्याइदिनको लागि सहयोग भने गर्न सक्दैंन |

  तपाइ के गर्न सक्नु हुन्छ?

शरणार्थी हुनुको पीडा,त्यस भित्रका कठिन जीवनका भोगाईहरुलाई उछिनेर तपाई यहाँसम्म आएर बसीसकेपछि हामीलाई विश्वास छ कि तपाइ  दृढनिश्चर्यी हुनुहुन्छ |

तत्कालै तपाइले यी तीन कुराहरु गर्नु आवश्यक छः

१. यो नबिर्सिनुहोस कि तपाइ अमेरिकाको एउटा महत्वपूर्ण भाग हुनुहुन्छ। अमेरिकालाई दिनुभएका तपाईका महत्वपूर्ण योगदानको हामी सधैं कदर गर्नेछौ। अधिकश अमेरिकनले शरणार्थीलाई सधैँ स्वागत गर्छ्न् |

२.तपाइ हामीलाई तपाइमा बितेका घटनाहरुका बारेमा बताउन सक्नुहुनेछ। आफू सम्बन्धी कथाहरु हामीलाई बाँड्न तलको लिन्कको सहयोग लिनुहोस |

 https://therefugeecenter.org/voices/  

३.अनि तपाइ अमेरिकाको नागरिक बनिसक्नु भयो त? त्यसो हो भने हाम्रो तर्फबाट यहाँलाई धेरै धेरै बधाई छ | यदि, नागरिक बन्ने तर्खरमा हुनुहुन्छ भने तलको लिन्क क्लिक गर्नुहोस । हामीलाई विश्वास छ, यसले तपाइको अमेरिकी नागरिक बन्ने सुनौलो यात्रालाई सहज बनाइदिनेछ |

http://classroom.therefugeecenter.org/programs/citizenship-preparation

Special thanks to Adhikaar for their help translating this information into Nepali.

Enter your email address to receive the latest information on policies for refugees and immigrants.